सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, दुई दिनमा सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँ बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, दुई दिनमा सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँ बढ्यो

नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेपछि, सोमबार थप तीन हजार दुई सय रूपैयाँ वृद्धि भई दुई दिनमा सुनको भाउ प्रतितोला कुल आठ हजार आठ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३,१३,५०० रुपैयाँ पुगेको छ। आइतबार यो मूल्य ३,१०,३०० रुपैयाँ थियो।

साथै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ५,४२५ रुपैयाँ रहेको चाँदी सोमबार ५,५९५ रुपैयाँमा कारोबार भइरहेको छ, जसमा प्रतितोला १७० रुपैयाँको वृद्धी भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,१६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 20 https://bajarkochirfar.com/continuous-increase-in-gold-and-silver-prices-gold-increased-by-8800-rupees-per-tola-in-two-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स