नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले घुसखोरी र कमिसनखोरीलाई न्यूनीकरण गर्न ५ सय र १ हजारका नोट तत्काल बन्द गर्नुपर्ने बताएका छन्।
उनले आइतबार महोत्तरी क्षेत्र नं. ३ को कांग्रेस क्षेत्रीय सम्मेलनलाई जलेश्वरमा सम्बोधन गर्दै भने, “देशको आर्थिक अवस्था जर्जर भइ लोकतन्त्रलाई खतरा आएको छ। सुशासन कायम हुन नसक्ने र देशको समृद्धि नहुनुको कारणले दोस्रो पाइलाको रूपमा देशमा चलनचल्तीमा रहेका ठूला नोट तुरुन्त बन्द गरिनुपर्छ।”
पूर्वमन्त्रीसमेत रहेका गुरुङले सुशासनका लागि सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन र शुद्धिकरण गर्नुपर्नेमा जोड दिए। उनले देशमा घूसखोरी, कमिसन र भ्रष्टाचार बढेर आर्थिक अवस्था खुकुलो भएको उल्लेख गर्दै, अहिलेको अवस्थामा विकासको परिकल्पना गर्न असम्भव भएको र अर्थतन्त्र बलियो नभए लोकतन्त्र पनि बलियो नहुने चेतावनी दिएका छन् ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया