SHAREHUB SHAREHUB

कांग्रेसले भन्यो, “उपनिर्वाचनमा एक्लै लडेर पाएको स्थान सन्तोषजनक छ”

Advertisement Ads
कांग्रेसले भन्यो, “उपनिर्वाचनमा एक्लै लडेर पाएको स्थान सन्तोषजनक छ”
Advertisement Ads

नेपाली कांग्रेसले उपनिर्वाचनको नतिजालाई ‘एक्लै लडेर प्राप्त स्थान सन्तोषजनक र उत्साहवर्धक’ भन्दै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ।

महामन्त्री विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गर्दै पार्टीले लोकतान्त्रिक प्रणाली प्रति नागरिकको समर्थन र ऐक्यबद्धता बलियो बनाएको बताएका छन्।

रिक्त ४४ स्थानमा कांग्रेसले १९ स्थानमा विजय हासिल गरेको छ, जसलाई सङ्ख्यात्मक रूपमा कम भए पनि राजनैतिक र गुणात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ।

यस पटक ०७९ मा जितेका केही स्थान गुमाए पनि कांग्रेसले अन्य दलका जितेका स्थानमा विजय प्राप्त गरेको उल्लेख गरिएको छ। पार्टीले जित र हारको वस्तुगत समीक्षा गर्दै आगामी चुनावी रणनीति निर्माणका लागि त्यसलाई महत्त्वपूर्ण ठानेको छ।

साथै, उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पराजित भएको र भ्रमपूर्ण सूचनाको बलमा मन र मत जित्न सकिने भ्रम परास्त भएको बताउँदै, कांग्रेसले पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता आवश्यक रहेको जनाएको छ। विज्ञप्तिको अन्त्यमा, ‘चुनावी दौड सकिएको छ, अब सबै तिता नमिठा भुलेर काममा जुटौँ’ भन्दै पार्टीले आह्वान गरेको छ।

Advertisement Ads

1733210639 press release page 1 https://bajarkochirfar.com/congress-said-the-position-it-got-by-fighting-alone-in-the-by-elections-is-satisfactory | %tags 1733210667 press release page 2 https://bajarkochirfar.com/congress-said-the-position-it-got-by-fighting-alone-in-the-by-elections-is-satisfactory | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स