नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट हटाउन ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनले भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठनको समेत माग गरे ।
उनले भने ‘यो संवेदनशील र गम्भीर मामिलामा संसदीय छलफल जरुरी देख्दछु । साथै यस्तो परिस्थिति नदोहरिने प्रतिवद्धताका लागि हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापित गर्न आवश्यक छ। त्यसका लागि अहिलेसम्मका प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरिनुपर्छ।’














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया