insta insta

राष्ट्रपतिको कार्यभार सम्हालेकोमा ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंसँग काम गर्न उत्सुक छु”

राष्ट्रपतिको कार्यभार सम्हालेकोमा ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंसँग काम गर्न उत्सुक छु”
Advertisement Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाई दिएका छन्।

उनले आफ्नो एक्स (पूर्व ट्विटर) खाताबाट शुभकामना व्यक्त गर्दै भनेका छन्, “संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो आत्मीय सम्बन्ध रहँदै आएको छ। यो साझेदारीलाई थप बलियो बनाउन सँगै काम गर्न म उत्सुक छु।”

प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल–अमेरिका सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनहरूमा थप सुदृढ गर्न नयाँ सम्भावनाहरू खुल्ने विश्वास लिइएको छ।

1737426495 Oli x post https://bajarkochirfar.com/congratulating-trump-on-assuming-the-presidency-prime-minister-oli-said-i-look-forward-to-working-with-you | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स