सञ्चारमन्त्रीले कुलमान घिसिङ हटाइएको विषयमा ढाँटे

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
सञ्चारमन्त्रीले कुलमान घिसिङ हटाइएको विषयमा ढाँटे

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा गलत सूचना दिएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले ‘कुलमान घिसिङलाई हटाइएको हो?’ भनी सोध्दा उनले “कसले भनेको हो? कुलमानले? सरकारलाई त थाहा छैन” भनेर गलत जानकारी दिएका थिए। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा घिसिङलाई पदबाट हटाउने निर्णय गरिसकेको थियो।

सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ। घिसिङ २०७८ साल असार अन्तिममा चार वर्षका लागि नियुक्त भएका थिए, तर कार्यकाल समाप्त हुन चार महिना बाँकी रहँदै उनलाई हटाइएको हो।

कुलमान घिसिङलाई हटाउने प्रयास सरकार गठनपछि पटकपटक भइरहेको थियो। ऊर्जामन्त्री दीपक खड्काले उनलाई तीनपटकसम्म प्रष्टीकरण सोधेका थिए, तर घिसिङले मन्त्रालयले सोध्ने अधिकार नभएको जिकिर गरे। त्यसपछि मन्त्रिपरिषद्ले नै तीन हप्ता अघि प्रष्टीकरण सोधेको थियो। सरकारले उक्त प्रष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबार साँझ घिसिङलाई बर्खास्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स