सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालका माओवादीहरूले ‘जनयुद्ध’ बेचेर खाइसकेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजतन्त्र माओवादीको सशस्त्र संघर्षबाट समाप्त नभएको दाबी गरे। उनले भने, “माओवादीले रूकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न गरेको होइन।” बरु, मुलुकमा जनताको बहुदलीय जनवादकै मार्गबाट क्रान्ति सम्पन्न भएको उनले बताए।
मन्त्री गुरूङका अनुसार, २०६५ साल जेठ १५ गते ६०१ सांसदमध्ये ५९६ जनाले मतदान गरी राजतन्त्र समाप्त भएको हो। त्यसैले, शान्तिपूर्ण रूपमा सम्पन्न क्रान्तिले माओवादीको जनयुद्ध गलत थियो भन्ने पुष्टि गर्छ।
उनले माओवादीलाई प्रश्न गर्दै भने, “माओवादी हिंसा भन्ने शब्दबाट किन डराइरहेको छ? जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन, त्यो के कम्युनिष्ट पार्टी हो?” उनले माओवादी केन्द्रको नाम रहे पनि त्यसले माओवादलाई खुला रूपमा सही भन्न नसकेको बताए।
गुरूङले थपे, “एमाले संसदीय राजनीतिमा फसिसकेको छ। अहिलेको विश्व सन्दर्भमा माओवादीको औचित्य समाप्त भइसकेको छ।”
न्युज एजेन्सी नेपाल
















प्रतिकृया