माघ मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब ६ करोड रुपैयाँ, धेरै कमाउने को ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
माघ मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब ६ करोड रुपैयाँ, धेरै कमाउने को ?

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालका २० वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार, पुस मसान्तसम्म बैंकहरूको नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा माघ महिनामा मात्रै ९ अर्ब रुपैयाँभन्दा बढीले थपिएको छ।

तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकहरूको नाफा उल्लेख्य रूपमा वृद्धि भएको छैन। गत वर्षको माघ मसान्तसम्म बैंकहरूको नाफा ३५ अर्ब ४९ करोड रुपैयाँ थियो, जसअनुसार यस वर्ष नाफा केवल १.६ प्रतिशतले मात्र बढेको छ।

नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। यस बैंकले माघ मसान्तसम्म ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने, इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

माघ मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा विवरण यस प्रकार छ:

  • नबिल बैंक – ४ अर्ब ११ करोड
  • ग्लोबल बैंक – ३ अर्ब ८९ करोड
  • इन्भेस्टमेन्ट मेगा बैंक – ३ अर्ब ४३ करोड
  • नेपाल बैंक – २ अर्ब ४५ करोड
  • एभरेस्ट बैंक – २ अर्ब ५७ करोड
  • एनएमबी बैंक – २ अर्ब ३४ करोड
  • प्राइम बैंक – २ अर्ब १८ करोड
  • लक्ष्मी सनराइज बैंक – १ अर्ब ५८ करोड
  • हिमालयन बैंक – १ अर्ब ४७ करोड
  • सानिमा बैंक – १ अर्ब ३७ करोड
  • राष्ट्रिय वाणिज्य बैंक – १ अर्ब २३ करोड
  • स्टान्डर्ड चार्टर्ड बैंक – १ अर्ब ८३ करोड
  • प्रभु बैंक – १ अर्ब ८३ करोड
  • एसबीआई बैंक – १ अर्ब ९ करोड
  • माछापुच्छ्रे बैंक – ९६ करोड
  • सिटिजन्स बैंक – ९० करोड
  • सिद्धार्थ बैंक – ८५ करोड
  • कृषि विकास बैंक – ८० करोड
  • कुमारी बैंक – ७३ करोड
  • एनआईसी एसिया बैंक – ४६ करोड

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स