११ महिनामा वाणिज्य बैंकले कमाए ५३ अर्ब ९७ करोड नाफा, सबैभन्दा बढी नाफा नबिलको

११ महिनामा वाणिज्य बैंकले कमाए ५३ अर्ब ९७ करोड नाफा, सबैभन्दा बढी नाफा नबिलको

चालु आर्थिक वर्षको ११ महिनासम्म वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ रहेकोमा, एक महिनाको अन्तरालमा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले वृद्धि भएको हो।

सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको सूचीमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। नबिलले ११ महिनामा ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक ६ अर्ब ३ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ भने, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, र एनएमबी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका छन्।

अर्कोतर्फ, सबैभन्दा कम नाफा कुमारी बैंकले मात्र ३७ करोड १० लाख रुपैयाँ कमाएको छ।

Copy of BANK INTEREST RATE https://bajarkochirfar.com/commercial-banks-earned-53-97-billion-rupees-in-profit-in-11-months-nabils-profit-was-the-highest | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स