वाणिज्य बैंकहरूको ६ महिनाको रिपोर्ट: समग्र नाफा ११.५१% ले बढ्दा नबिल शीर्ष स्थानमा, लक्ष्मी सनराइज घाटामा

वाणिज्य बैंकहरूको ६ महिनाको रिपोर्ट: समग्र नाफा ११.५१% ले बढ्दा नबिल शीर्ष स्थानमा, लक्ष्मी सनराइज घाटामा

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकको समग्र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको सोही अवधिसम्ममा भने बैंकहरुको कुल खुद नाफा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। २० बैंकमध्ये ११ वटा बैंकको नाफा बढेका कारण समग्र नाफा साढे ११ प्रतिशतले वृद्धि भएको हो।

नबिल बैंकको सर्वाधिक नाफा

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो।

दोश्रोमा ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

कुमारी बैंकको नाफा सबैभन्दा धेरै बढ्यो

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा सबैभन्दा धेरै ८८६.५० प्रतिशतले बढेको छ। गत वर्षको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्षको सोही अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। इम्पेयरमेन्ट चार्ज घट्नु यसको प्रमुख कारण रहेको छ।

समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशत बढेर १ अर्ब ३२ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशत बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

८ बैंकको नाफा घट्यो, लक्ष्मी सनराइज घाटामा

समीक्षा अवधिमा ८ वटा वाणिज्य बैंकको नाफा घटेको छ। सिटिजन्स बैंकको नाफा सबैभन्दा धेरै ४५.७८ प्रतिशत घटेको छ। यस्तै, एनआईएमबी, कृषि विकास बैंक, प्रभु बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा पनि घटेको छ।

पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा रहेको छ। बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंक नाफामा रहेको थियो।

Q2 Bank Table https://bajarkochirfar.com/commercial-banks-6-month-report-nabil-tops-overall-profit-growth-by-11-51-laxmi-sunrise-in-loss | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स