instainsta

अफगानिस्तानसहित यी देशका नागरिकहरुलाई आजदेखि अमेरिका प्रवेशमा प्रतिबन्ध

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
अफगानिस्तानसहित यी देशका नागरिकहरुलाई आजदेखि अमेरिका प्रवेशमा प्रतिबन्ध
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध आज (सोमबार)देखि लागू भएको छ। ट्रम्पले यो कदम विदेशी आतंकवादीबाट अमेरिका जोगाउने उद्देश्यले चालेका हुन्।

प्रतिबन्धित देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन र इक्वेटोरियल गिनी छन्। साथै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामा आंशिक प्रतिबन्ध लागू हुनेछ।

ट्रम्पले आतंकवादको जोखिम, पहिचान समस्या, अपराधिक अभिलेख अभाव र भिसा उल्लङ्घनलाई प्रतिबन्धको कारण बताउँदै कोलोराडोको एक पेट्रोल बम घटनालाई उदाहरण दिएका छन्। चाडले यसको विरोधमा अमेरिकीहरूलाई भिसा नदिने घोषणा गरेको छ। अफगानी नागरिकहरू पुनर्स्थापनाको आशा गुमाउँदै छन् भने डेमोक्र्याटिक सांसदहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स