नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.९७ प्रतिशत बढी हो। गत वर्ष कोषले यस अवधिमा ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिमा सेवा शुल्क तथा कमिशन आम्दानी बढ्दा कोषको ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो वर्ष २२ करोड ९५ लाख रुपैयाँ रहेको ब्याज आम्दानी घटेर यस वर्ष १९ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। यता सेवा शुल्क तथा कमिशन आम्दानी अघिल्लो वर्षको तुलनामा यस वर्ष १८७.३१ प्रतिशतले बढेर ८१ करोड १ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानीमा १२.४३ प्रतिशतले बढ्दा खर्चमा पनि ६.१४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कोषको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा आएको छ। यता प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ १८ पैसा रहेको छ।
हाल कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब ७० करोड ८० लाख रुपैयाँ सञ्चित छ।



















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)

प्रतिकृया