सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेर ४ अर्ब २५ करोडबाट ४ अर्ब ७४ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी १४.८९ प्रतिशतले बढेर ५ अर्ब २० करोडबाट ५ अर्ब ९८ करोड रुपैयाँमा पुगेको छ।
इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँमा पुगेको छ। खराब कर्जा अनुपात १.९५ प्रतिशतबिन्दुले बढेर ५.७१ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.६९ रुपैयाँले घटेर ८.६८ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ।









![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया