चिरख्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा भोलि चैत २० गते बस्दैछ । सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । त्यस्तै, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गारिसकेको छ । जस अनुसार, चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया