चन्द्र ढकालले ३० करोड लगानीमा इला कम्फर्ट होटल खोले

चन्द्र ढकालले ३० करोड लगानीमा इला कम्फर्ट होटल खोले

चन्द्र ढकालको आईएमई ग्रुपले बागलुङमा ३० करोड रुपैयाँ लगानीमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएको छ। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा होटलको उद्घाटन गरिएको हो।

इला कम्फर्ट होटल करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल ३० कोठा रहेको यो होटलले थ्री-स्टार मान्यता प्राप्त गरे पनि, प्रदान गरिने सेवा पाँचतारे स्तर को रहेको अध्यक्ष सचिन ढकालले बताएका छन्। समूहले हाल पार्किङ क्षेत्र रहेको स्थानमा थप ४० कोठा निर्माण गर्ने योजना बनाएको छ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आमाको चाहनाअनुसार होटल स्थापना गरिएको बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि परिवारसहित बागलुङ जाँदा एउटै होटलमा बस्न नसकेको अनुभवले यो होटल बनाउने प्रेरणा दिएको उल्लेख गरे।

इला कम्फर्ट होटल पोखरा विमानस्थलबाट १.५ घण्टा दूरीमा अवस्थित छ। पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात उपलब्ध भएकाले होटलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई सहज पहुँच हुनेछ।

इला ब्रान्डको होटल विस्तार रणनीति अन्तर्गत, नवलपरासीको गैँडाकोटमा अर्को इला होटल सञ्चालनको तयारी भइरहेको छ। साथै, नेपालका सातै प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने समूहको लक्ष्य छ।

475887259 943774347733670 2047497499057923105 n https://bajarkochirfar.com/chandra-dhakal-opens-ela-comfort-hotel-with-an-investment-of-rs-300-million | %tags 475776641 943774404400331 5861935821799523009 n https://bajarkochirfar.com/chandra-dhakal-opens-ela-comfort-hotel-with-an-investment-of-rs-300-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स