सीडीएससीको सेवा विद्युत समस्याका कारण अस्थायी रूपमा बन्द, मेरो सेयर एपमा पनि समस्या
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरेको छ।
सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टर मा विद्युत आपूर्तिमा समस्या आएपछि सबै प्रणालीहरू बन्द गरिएको सीडीएससीले जानकारी दिएको छ।
विद्युत आपूर्तिमा आएको समस्याको कारण Low Voltage (LV) Panel को Automatic Transfer Switch (ATS) मा समस्या देखिएको हो। यसका कारण आज बिहान ८ बजेदेखि करिब २ घण्टासम्म सेवा अवरुद्ध हुने सूचना दिइएको छ।
सीडीएससीका प्रणाली बन्द हुँदा मेरो सेयर एप्लिकेशन मा पनि समस्या देखिएको छ।
विद्युत आपूर्तिको समस्या समाधान नभएसम्म सीडीएससीका सबै सेवा बन्द रहनेछन्।
सीडीएससीले सेवाग्राहीहरूप्रति असुविधाका लागि क्षमायाचनासमेत गरेको छ।