कोसी प्रदेशका सांसदहरू चढेको गाडी मोरङको कानेपोखरीमा सोमबार बिहान दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउँदै गर्दा सांसद सवार सवारी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा दुर्घटना भएको हो।
गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। उनीहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, दुर्घटनामा सांसदहरूलाई गम्भीर चोटपटक लागेको छैन र सबैको अवस्था सामान्य छ। गाडीचालकको लापरवाहीका कारण ठक्कर भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा संलग्न कारको नम्बर बा ५ च ३५२० रहेको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।















प्रतिकृया