स्मार्ट ग्रोथ भेन्चरको स्मार्ट फ्राइडे इन्साइट सिरिजको पहिलो एपिसोडमा सीए अर्याल, कोल्याटरलको स्मार्ट प्रयोगबारे छलफल हुने

स्मार्ट ग्रोथ भेन्चरको स्मार्ट फ्राइडे इन्साइट सिरिजको पहिलो एपिसोडमा सीए अर्याल, कोल्याटरलको स्मार्ट प्रयोगबारे छलफल हुने

नेपालको पुँजीबजारमा लगानीकर्ताको ज्ञान, बुझाइ र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ स्मार्ट ग्रोथ भेन्चर प्रा.लि. ले नयाँ वर्ष २०२६ को अवसरमा ‘स्मार्ट फ्राइडे इन्साइट सिरिज’ सञ्चालनमा ल्याउने भएको छ।

यो अनलाइन सिकाइ सिरिज आगामी शुक्रबार, २ जनवरी २०२६ (१८ पुस २०८२) देखि नियमित रूपमा सुरु हुनेछ। कार्यक्रम हरेक शुक्रबार साँझ ६:३० देखि ८:०० बजेसम्म आयोजना गरिनेछ। सहभागी लगानीकर्ताले गुगल मिट तथा युट्युब लाइभ मार्फत देश–विदेशबाट प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन्।

सिरिजको पहिलो एपिसोडका वक्ता सिटिजन्स सेयर ब्रोकर लिमिटेड (ब्रोकर नम्बर ९१) का प्रमुख कार्यकारी अधिकृत (CEO) सीए मनिष अर्याल रहनेछन्। पहिलो एपिसोडको मुख्य विषय ‘Use of Collateral Smartly’ (कोल्याटरलको स्मार्ट प्रयोग) रहने आयोजकले जनाएको छ।

यस सत्रमा कोल्याटरल के हो, कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने, अत्यधिक जोखिम नलिई मार्जिन तथा कोल्याटरल व्यवस्थापन कसरी गर्ने, लगानीकर्ताले ध्यान दिनुपर्ने व्यवहारिक पक्ष तथा नियामकीय सीमाबारे विस्तृत छलफल गरिनेछ।

स्मार्ट फ्राइडे इन्साइट सिरिजको मुख्य उद्देश्य पुँजीबजारका आधारभूत तथा व्यावहारिक विषयमा लगानीकर्तालाई शिक्षित र सचेत बनाउनु हो। साथै, कार्यक्रमले ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाउँदै आपसी बुझाइ र विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

कार्यक्रमको प्रमुख विशेषता प्रत्येक एपिसोडमा फरक–फरक ब्रोकर संस्थासँग प्रत्यक्ष संवाद हुने व्यवस्था हुनु हो। यसमार्फत लगानीकर्ताले ब्रोकरको भूमिका, सेवा प्रक्रिया, जोखिम व्यवस्थापन, लगानीकर्ताका अधिकार, बजारका व्यवहारिक पक्ष तथा नियामकीय संरचनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।

स्मार्ट ग्रोथ भेन्चर प्रा.लि. का अनुसार यो पहल नेपालमा जिम्मेवार, सचेत तथा दीर्घकालीन सोच भएका लगानीकर्ता तयार पार्ने अभियानको एक हिस्सा हो। कार्यक्रम विशेषगरी नयाँ लगानीकर्ताहरू, पुँजीबजारमा सक्रिय भए पनि अझै स्पष्टता खोजिरहेका लगानीकर्ताहरू तथा दीर्घकालीन लगानीमा रुचि राख्ने व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

स्मार्टका एक प्रतिनिधिले भने,“सबल पुँजीबजारको आधार लगानीकर्ता शिक्षा हो। स्मार्ट फ्राइडे इन्साइट सिरिजमार्फत हामी सिकाइ, संवाद र विश्वासको साझा मञ्च निर्माण गर्न चाहन्छौं।”हाल कार्यक्रमका लागि सहभागी दर्ता खुला गरिएको छ। नयाँ वर्षको सुरुवातसँगै लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न चाहने सबै लगानीकर्ताले कार्यक्रममा सहभागी हुन अनिवार्य रूपमा दर्ता गर्नुपर्ने आयोजकले आग्रह गरेका छन्।

दर्ता लिंक: https://forms.gle/WDvF1Yn7P1VGnXWd8

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स