पुससम्म माईक्रो लाइफ इन्स्योरेन्सको व्यवसाय ५१ करोड बढी, सबैभन्दा अब्बल व्यवसाय कसको ?

पुससम्म माईक्रो लाइफ इन्स्योरेन्सको व्यवसाय ५१ करोड बढी, सबैभन्दा अब्बल व्यवसाय कसको ?

चालू आर्थिक वर्षको पहिलो छ महिनामालघु जीवन बीमा कम्पनीहरूले कुल ५१ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन लघु जीवन बीमा कम्पनीहरूले यस अवधिमा ६ लाख ६९ हजार २४४ बीमालेख जारी गरेका छन्।

सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले ४ लाख ७४ हजार १८६ बीमालेख जारी गर्दै २० करोड २० लाख ५५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो स्थानमा रहेको क्रेस्ट माइक्रो लाइफले १ लाख २३ हजार ३३५ बीमालेख जारी गरी १८ करोड ६४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यसैगरी, लिबर्टी माइक्रो लाइफले ७१ हजार ७२३ बीमालेख जारी गर्दै १२ करोड ४४ लाख ९६ हजार रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स