सान्भी इनर्जी लिमिटेडले दोस्रो आयोजना जोगमाई क्यासकेड जलविद्युत् (५.२ मेगावाट) बाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार असार ११ गतेदेखि नेपाल विद्युत प्राधिकरणमार्फत व्यापारिक उत्पादन सुरु भएको हो।
सान्भी इनर्जीको दोस्रो बजारमा सेयर कारोबार साउन ४ गते आइतबारदेखि सुरु हुने भएको छ। कम्पनीले साउन १ गते संस्थापक र सर्वसाधारण गरी कुल ८८ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो। नेप्सेले सान्भी इनर्जीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १२० रुपैयाँ ७४ पैसा देखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्मको मूल्यरेञ्ज तोकेको छ।
यसअघि कम्पनीले पहिलो आयोजना अन्तर्गत ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना, इलामबाट २०७४ साल वैशाख १८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ। अहिले सान्भी इनर्जीले आवश्यक सम्पूर्ण परीक्षण सकिएपछि जोगमाई क्यासकेड आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको जानकारी गराएको छ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया