नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिने तथा चुक्ता पुँजी वृद्धि गर्ने म्याद थप्ने व्यवस्थासहित नियमावलीमा संशोधन गरेको छ। सरकारबाट स्वीकृति पाएसँगै नियमावलीको छैटौं संशोधन कार्यान्वयनमा आएको हो।
संशोधनअनुसार, ब्रोकर कम्पनीलाई पुँजी वृद्धि गर्न आगामी चैत मसान्तसम्मको समय दिइएको छ। यसअघि पुँजी वृद्धिको अन्तिम म्याद असार मसान्तसम्म तोकिएको थियो। तर, अझै २ दर्जनभन्दा बढी ब्रोकर कम्पनीले न्यूनतम चुक्ता पुँजी कायम गर्न सकेका छैनन्।
सेबोनले ब्रोकरलाई पुँजीका आधारमा तीन वर्गमा विभाजन गरेको छ:
- २० करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले सीमित कारोबार गर्न पाउँछन्।
- ६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्यान्डिङ कारोबार पनि गर्न सक्छन्।
- १ अर्ब ५० करोड पुँजी भएका ब्रोकरले स्टक डिलर को कामसमेत गर्न पाउँछन्।
सेबोनले २० करोडभन्दा कम पुँजी भएका ब्रोकर कम्पनीलाई लक्षित गर्दै मर्जर तथा प्राप्तिको विकल्प प्रदान गर्दै विशेष निर्देशिका बनाएको छ। यद्यपि, निर्देशिका ढिला जारी भएकोप्रति ब्रोकर कम्पनीहरू असन्तुष्ट छन्। यो निर्देशिका गत चैतमा मात्र सार्वजनिक गरिएको हो।
यसअघि, २०७९ मा नियमावली संशोधन गरी ब्रोकरलाई पुँजी वृद्धि गर्न असार २०८२ सम्मको म्याद दिइएको थियो। अब भने यो म्याद २०८२ चैत मसान्तसम्म थप गरिएको छ।
साथै, यसपटकको संशोधनमा ब्रोकर कम्पनीले सेबोनको स्वीकृतिमा सार्वजनिक निष्कासन (IPO) गर्न सक्ने व्यवस्था पनि थपिएको छ।













![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)







![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया