स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजार दिगो र उज्वल भविष्य भएको भन्दै लगानीकर्तालाई संयम र उच्च मनोबलका साथ कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष सागर ढकालका अनुसार, हाल नेप्से परिसूचक न्यूनतम विन्दुमा पुगेको छ, तर सरकार र सरोकारवाला निकायहरूले पुँजी बजार सुधार र विकासका लागि आवश्यक कदम चालिसकेका छन्।
उनले बताएअनुसार, नयाँ सरकारले पूँजी बजार सुधार सुझाव समिति गठन गरी आवश्यक सुधार कार्यहरू सुरु गरिसकेको छ र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले समेत लागू गरिसकेका छन्। आन्दोलनका कारण सरकारी र निजी सम्पत्तिमा क्षति भए पनि अर्थतन्त्रका विभिन्न सूचकांक, बैंक ब्याजदर, वित्तीय तरलता र मृल्यवृद्धि सकारात्मक रहेकोले सेयर बजारमा सुधार अनिवार्य भएको ढकालको भनाइ छ।
असोज २३–२४ का जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले बजार प्रभावित भए पनि अन्तरिम सरकारले शान्ति सुरक्षा, अर्थतन्त्रको स्थायित्व र दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीतिहरू कार्यान्वयन गरिरहेको छ। ढकालले लगानीकर्तालाई आफ्नो सम्पत्ति सुरक्षित गर्दै संयमित भएर सेयर कारोबार गर्नुपर्नेमा जोड दिएका छन्।








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया