जेठ ६ गतेदेखि विकास हाइड्रोपावरको आईपीओ खुल्दै, क-कसले भर्न पाउने ?



Advertisement
Ads

विकास हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्दैछ, जुन जारी पूँजीको ४९ प्रतिशत हो।

आयोजना प्रभावित क्षेत्रका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर छुट्याइएको छ। अति प्रभावित धार्चे गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ३ लाख ६३ हजार ६४० कित्ता र वडा नं. १, २, ३, ६ र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर रहनेछन्। आवेदन म्याद छिटोमा जेठ २० र ढिलोमा असार ४ गतेसम्म हुनेछ।


Advertisement

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन हुनेछ, जसको अन्तिम आवेदन म्याद जेठ २० गतेसम्म हो। कर्मचारी र सामूहिक लगानी कोषका लागि क्रमशः ७० हजार ९१० र १ लाख ७७ हजार २७५ कित्ता छुट्याइएको छ भने बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई BBB- रेटिङ दिएको छ। कम्पनीको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी छ, र लगानी फिर्ता अवधि करिब ७ देखि १० वर्षको बीचमा रहनेछ। सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर