विकास हाइड्रोपावर लिमिटेडले असार १८ देखि असार २२ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरिएको छ। कुल २ लाख ९४ हजार २ सय ७६ भाग्यमानीले प्रतिव्यक्ति १० कित्ता कित्ता सेयर पाएका छन्।
कम्पनीले कुल जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो।
यसमा, असार ५ गते आयोजना प्रभावित क्षेत्रका तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ९ लाख ९ हजार १०१ कित्ता सेयर बाँडफाँट गरिसकेको थियो।
त्यसैगरी, ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
बाकी २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।
कसरी हेर्ने आइपीओ नतिजा?
विकास हाइड्रोपावरको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1. प्रभु क्यापिटल – Prabhu Capital | A Subsidiary of Prabhu Bank
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3. मेरो सेयर एकाउन्ट बाट –https://meroshare.cdsc.com.np/
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।













![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया