विकास हाइड्रोपावर कम्पनी लिमिटेडको थप सर्वसाधारणमा निष्काशन गरिएको आईपीओ आज (असार २९) गते बिहान ९ बजे बाँडफाँट हुने भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मागभन्दा ८.७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ, जसअनुसार २ लाख ९४ हजार २७६ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।
कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्काशन गरेको थियो, जसमा २१ लाखभन्दा बढी व्यक्तिबाट २ करोड ५६ लाख कित्ताभन्दा बढीको आवेदन परेको थियो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको छ।
गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना २०७९ फागुन १७ गतेदेखि सञ्चालनमा आएको हो। कम्पनीले चालू आर्थिक वर्षमा ४ करोड १३ लाखभन्दा बढी नाफा कमाउने लक्ष्य लिएको छ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया