बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयरको बोलपत्र आज बिहीबार खोलिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यस लिलामीमा २ हजारभन्दा बढी आवेदन परेको थियो। लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको बोलपत्र परेको देखिएको छ।
क्यापिटलले प्रारम्भिक कटअफ प्राइस प्रतिकित्ता २९६ रुपैयाँ तोकेको छ। तर यो प्रारम्भिक मात्र भएको र सबै आवेदन तथा चेकको भेरिफिकेशनपछि अन्तिम कटअफ प्राइस तय हुने जनाएको छ।
कम्पनीले जेठ २१ देखि जेठ २९ गतेसम्म अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्रीमा ल्याएको थियो। यस अवधिमा साधारण समूहको ४ लाख ७४ हजार ६९६ कित्ता सेयर लिलामीमा राखिएको हो।
यसअघि कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ अनुपातमा, हाल कायम चुक्ता पुँजीको शतप्रतिशत बराबरको ४० करोड रुपैयाँ मूल्यको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो निष्काशनपछि बिक्री नभएको सेयर नै लिलामीमा आएको हो।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया