नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा सामेल हुन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले एमालेले रावललाई साधारण सदस्यबाट समेत हटाएपछि आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताएका हुन्।
भूसालले भने, “नेपाल राम्रो पार्टी नभएका कारण दुःख पाइरहनु भएको छ। उहाँलाई हाम्रो पार्टीमा आउन आह्वान गर्दछु। उहाँले के गर्नुहुन्छ भन्न सक्दिन, तर हामीसँगै आएर अगाडि बढ्न सकिन्छ।”
एमालेबाट निष्कासनमा परेपछि भीम रावल कुनै पार्टीमा जान चाहिरहेका छैनन् भन्ने चर्चा छ। रावल निकटस्थहरूको भनाइअनुसार, उनी नयाँ पार्टी खोल्ने तयारीमा छन्।
एमालेले बुधबार रावललाई साधारण सदस्यता समेत खोसेपछि उनको राजनीतिक भविष्यबारे विभिन्न अडकलबाजी सुरु भएको छ। पार्टीबाट निष्कासनपछि रावलले आफ्ना समर्थकहरूसँग छलफललाई तीव्र बनाएका छन्।
















प्रतिकृया