भाटभटेनी अब २४सै घण्टा खुला हुने, नाइट ड्युटी गर्ने कर्मचारीलाई २५% बढी पारिश्रमिक

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २२ गते
भाटभटेनी अब २४सै घण्टा खुला हुने, नाइट ड्युटी गर्ने कर्मचारीलाई २५% बढी पारिश्रमिक
AdvertisementAds

 भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरलाई अन्तर्राष्ट्रिय मोडलअनुसार २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा साउन २७ गते (बुधबार) देखि भक्तपुर शाखाबाट यो सेवा सुरु गरिने भएको हो।

भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार भक्तपुर शाखालाई पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरिनेछ। सफल भएपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटन तथा त्यसपछि पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख सहरका स्टोरमा पनि २४सै घण्टा सेवा विस्तार गरिनेछ।

हाल बिहान ७:३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको स्टोर २४सै घण्टा खुला हुँदा ग्राहकलाई थप सहज हुने कम्पनीको विश्वास छ। साथै, सामान मिलाउने, मूल्य ट्याग गर्ने, सफाइ र आपूर्ति व्यवस्थापनजस्ता काम रातिको समयमा गरिने भएकाले ग्राहकलाई किनमेलका क्रममा असहजता नहुने कम्पनीले जनाएको छ।

रातिको सिफ्टका लागि छुट्टै ‘कोर टिम’ तयार गरिएको छ। उक्त टोलीले नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक पाउनेछ भने चिया–खाजाको सुविधासमेत उपलब्ध गराइनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स