इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीले एमबीबीएससम्म पढाइदिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीले एमबीबीएससम्म पढाइदिने

इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी भक्तपुर चाँगुनारायण–८ की गोमा श्रेष्ठको डाक्टर बन्ने सपना अब पुरा हुने भएको छ। भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले गोमालाई कार्यालयमा बोलाई एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्।

गोमालाई नगद १ लाख रुपैयाँ, एक थान ल्यापटप र सम्मानपत्रसमेत प्रदान गरिएको छ। अध्यक्ष गुरुङले गोमाको संघर्षपूर्ण जीवनकथा मन छोएकाले यो यात्रा अब उनको उज्यालो भविष्यतर्फको सुरुआत भएको बताए।

गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईईमा ४ जीपीए ल्याएकी हुन्। भाटभटेनीले यसअघि पनि थुप्रै विद्यार्थीको शिक्षा खर्च बेहोर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स