Advertisement
Ads

म्याद नलेखिएको अचारकै कारण भाटभटेनीले तिर्नु पर्ने भयो जरिवाना



Advertisement
Ads

चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले भाटभटेनीको उक्त शाखालाई जरिवाना तोकेको हो। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो।

म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ। अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना तोकिएको घिमिरेले जानकारी दिइन्।


Advertisement

भाटभटेनीले यस विषयमा सुधार गर्न प्रतिबद्धता जनाएको छ भने यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी समितिले दिएको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर