स्थानीयलाई निष्काशन गरेको बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २४ गते
स्थानीयलाई निष्काशन गरेको बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो।

कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयका लागि १० लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो।

बाँडफाँड विवरण अनुसार अति प्रभावित क्षेत्रतर्फ १० देखि २०० कित्तासम्म आवेदन दिनेले मागअनुसारकै सेयर प्राप्त गरेका छन्। २१० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने सबैलाई समान २०० कित्ता सेयर बाँडफाँड गरिएको छ। त्यसमध्ये १ हजार ४८४ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्। यसरी अति प्रभावित क्षेत्रका स्थानीयले अधिकतम २१० कित्तासम्म सेयर प्राप्त गरेका छन्।

त्यस्तै प्रभावित क्षेत्रतर्फ १० देखि ५० कित्तासम्म आवेदन दिनेले मागअनुसारकै सेयर पाएका छन्। ६० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिनेहरूलाई समान ५० कित्ता सेयर बाँडफाँड गरिएको छ। तीमध्ये ४६ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गरेका छन्। यसरी प्रभावित क्षेत्रका स्थानीयले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन्।

आंशिक प्रभावित क्षेत्रतर्फ भने मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको छ। यस समूहमा २१ हजार ९४५ जना योग्य आवेदकमध्ये २० हजार ८ सय जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १ हजार १४५ जना योग्य आवेदकको भने हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Beni Hydropower Project Limited (For Local) छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स