भोलिसम्म मात्र भर्न पाइन्छ बरुण हाइड्रोपावरको हकप्रद सेयर, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १८ गते
भोलिसम्म मात्र भर्न पाइन्छ बरुण हाइड्रोपावरको हकप्रद सेयर, अहिलेसम्म कति पर्यो आवेदन ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि निष्काशन गरेको हकप्रद सेयर भर्ने भोलि साउन १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता १०० रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ।

कम्पनीले हकप्रदका लागि जेठ २२ गते बुकक्लोज गरेको थियो। जस अनुसार, जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम जनाउँछ।सेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङ्ग, राष्ट्र बैंकका विभिन्न शाखा, सि-आस्बा सेवामा सहभागी संस्था वा ‘मेरो सेयर ’मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले हालको चुक्ता पूँजी बराबर कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्म २५ हजार ५५१ जना सेयरधनीहरूले ३१ लाख ६२ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिइसकेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स