बरुण हाईड्रोपावरको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म निष्काशन गरेको हकप्रदलाई भदौ १७ गते बाँडफाँड गरिएको हो।
कम्पनीले जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरूलाई लक्षित गर्दै हालको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको शतप्रतिशत (१ः१) अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको थियो।
यसमा रितपूर्वक आवेदन दिने २८ हजार ७५५ जना सेयरधनीलाई ५१ लाख १९ हजार ७०७ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। बाँकी २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद भने बिक्री हुन नसकेको र ती सेयर कम्पनीले लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।
कम्पनीले जनाएको अनुसार, आफ्नो कायम हकभन्दा बढी सेयरका लागि आवेदन दिने तर बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज (भदौ १८) गतेदेखि आईपीएस मार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया