नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको बताएका छन्। मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार ढलेमा नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएका हुन्।
तेस्रो पार्टीको हैसियतले १८ महिना सरकार चलाइसकेको र दोस्रोले पनि एक वर्ष चलाएकाले अब पहिलो पार्टी कांग्रेसले अगुवाइ गर्नु उपयुक्त हुने उनको भनाइ थियो। बहुमत नपुगेमा मात्रै माओवादीले विचार गर्ने बताए। पुनले सरकार माओवादीका कारण नभई आन्तरिक समस्याले ढल्ने दाबी गर्दै गभर्नर नियुक्तिको विवादले पनि संकट थपिएको बताए। कांग्रेस–एमाले–माओवादी गठबन्धनको चर्चा अफवाह मात्र भएको उनले स्पष्ट पारे।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया