वामदेव गौतम भन्छन्, “ओलीजीले बोलाउनुभयो अब एमालेमै जाने भइयो”

वामदेव गौतम भन्छन्, “ओलीजीले बोलाउनुभयो अब एमालेमै जाने भइयो”

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा फर्किने भएका छन्। शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका गौतमले आइतबार बिहान ओलीसँग टेलिफोन संवाद गरेपछि आफू एमालेमै फर्किन लागेको बताएका छन्।

गौतमका अनुसार दुई वर्षदेखि एमालेमा फर्कने प्रयास गरिरहेका थिए। अध्यक्ष ओलीले अहिले बोलाएपछि आफू पार्टीमा जान तयार भएको उनले बताएका छन्। गौतमले ओलीले छिट्टै पार्टीमा फर्कने मिति, समय र स्थानको जानकारी दिने आश्वासन दिएको बताएका छन्।

यसअघि गौतमले माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना पनि रहेको थियो। तर, जिम्मेवारीबारे सहमति नजुटेकाले उनले समाजवादीमा जान चाहेनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स