एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा दोस्रो शाखाको रूपमा चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ। मोरङमा दुई दशकअघि स्थापना भएको कम्पनीले यहाँ ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ उत्पादन सुरु गरेको छ।
करीब साढे दुई बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा सुरुवातमा चाउचाउ उत्पादन भइरहेको छ भने आगामी महिनाहरूमा अन्य स्न्याक्स र मसला उत्पादन सुरु गर्ने योजना रहेको छ। उत्पादनका लागि आवश्यक मेसिनहरू जडान भइसकेका छन् र आगामी ६ महिनाभित्र अन्य सामग्रीहरूको उत्पादन थालिनेछ।
उद्योगमा हाल ४० करोड रुपैयाँ लगानी भइसकेको छ भने चालु पुँजीका लागि थप २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यहाँ उत्पादन भएको चाउचाउ ३० भन्दा बढी देशमा निर्यात भइरहेको छ।
हाल उद्योगले २५० जनालाई रोजगारी दिएको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया