अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले पुस मसान्तसम्ममा १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३४.९८ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफामा उछाल देखिएकाे हो। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४१.२६ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड २० लाख रुपैयाँ थियो। सँगै कम्पनीको कुल आम्दानी २३.७७ प्रतिशतले बढेर १८ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
यता कम्पनीले खर्च पनि घटाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.८६ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६० पैसा बढेर १० रुपैयाँ ९ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा कायम भएको छ।
हाल हाइड्रोको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ रहेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया