माछापुच्छ्रे बैंक लिमिटेडका तीन ठूला संस्थापक सेयरधनी बैंकको सेयर स्वामित्वबाट बाहिरिने भएका छन् । उनीहरूले आफ्नो नाममा रहेको करिब ३१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने तयारी गरेका हुन् ।
बैंकका अनुसार के.एम.सी. अटोमोबाइल्स प्रालि, एसोसिएटेड अटोमोबाइल्स प्रालि र हिमालयन इन्टरप्राइजेज प्रालिले गरी कुल ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यसमध्ये के.एम.सी. अटोमोबाइल्स प्रालिले १३ लाख ५८ हजार १०३ कित्ता, एसोसिएटेड अटोमोबाइल्स प्रालिले ९ लाख ९७ हजार ८३१ कित्ता र हिमालयन इन्टरप्राइजेज प्रालिले ७ लाख ४१ हजार ४४६ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
उक्त संस्थापक सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा, ती सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले स्पष्ट पारेको छ ।
के.एम.सी. अटोमोबाइल्स प्रालि, एसोसिएटेड अटोमोबाइल्स प्रालि र हिमालयन इन्टरप्राइजेज प्रालिका अध्यक्ष अरुण कुमार चौधरी हुन् भने सञ्चालक शिला चौधरी रहेकी छिन् ।
के.एम.सी. अटोमोबाइल्स र एसोसिएटेड अटोमोबाइल्स सवारी साधनका पाटपूर्जा आयात गर्ने उद्देश्यले सञ्चालनमा आएका हुन् भने हिमालयन इन्टरप्राइजेज विभिन्न प्रकारका मालसामानको खरिद–बिक्री तथा आयात–निर्यात गर्ने उद्देश्यले सञ्चालनमा आएको कम्पनी हो ।



![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?fit=640%2C360&ssl=1)







![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया