रिलायबल समृद्धि योजनामा आजदेखि आवेदन खुला, कति इकाईसम्म आवेदन दिन सकिने ?



Advertisement
Ads

रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक १० वर्षे बन्दमुखी म्युचुअल फण्ड वैशाख ३ गतेदेखि सार्वजनिक निष्काशन गरेको छ।

कुल १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।


Advertisement

आवेदन अवधि वैशाख ७ गतेसम्म कायम रहनेछ, तर आवश्यकता परे वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ। यस फण्डलाई केयर रेटिङ नेपालले BBB+ र AMC Quality 4+ रेटिङ प्रदान गरेको छ।

आवेदन मेरो शेयर वा सी–आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ, र सानिमा क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर