रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक १० वर्षे बन्दमुखी म्युचुअल फण्ड वैशाख ३ गतेदेखि सार्वजनिक निष्काशन गरेको छ।
कुल १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
आवेदन अवधि वैशाख ७ गतेसम्म कायम रहनेछ, तर आवश्यकता परे वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ। यस फण्डलाई केयर रेटिङ नेपालले BBB+ र AMC Quality 4+ रेटिङ प्रदान गरेको छ।
आवेदन मेरो शेयर वा सी–आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ, र सानिमा क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया