शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
यस हकप्रदमा आवेदन दिने अवधि असोज ८ गतेसम्म रहनेछ। सेयर निष्काशनको बिक्रि प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
यसअघि कम्पनीले हकप्रद निष्काशनका लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। त्यसअनुसार, साउन १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नेपाल धितोपत्र बोर्डले साउन ४ गते शिवश्री हाइड्रोपावरलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया