एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?
AdvertisementAds

एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा ओखलढुंगा र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल ४ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको छ। यसमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अन्तर्गत ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीयका लागि छुट्याइएको छ। त्यस्तै, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अन्तर्गत सोलुखम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का स्थानीयलाई वितरण गरिनेछ। बाँकी ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र अन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीयका लागि छुट्याइएको छ।

यस निष्काशनमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा फागुन २५ गतेसम्म रहनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता सेयर निष्काशन गरिएको छ। यस समूहले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम मिति फागुन १४ गते तोकिएको छ।

पहिलो चरणको निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यसअघि नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स