नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

Jun 1, 2026

नेपाल राष्ट्र बैंकले गभर्नरको कार्यालयकी कायममुकायम निर्देशक सुधा श्रेष्ठलाई बैंकको नयाँ सह-प्रवक्ता तथा सूचना अधिकारीमा नियुक्त गरेको छ। यो नियुक्ति वि.सं. २०८३ जेठ १८ गतेदेखि लागू हुने गरी गरिएको बैंकले जनाएको छ।

वि.सं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत श्रेष्ठको सम्पर्कका लागि टेलिफोन नम्बर ०१-५७१९६०३ (विस्तार २१४१) र मोबाइल नम्बर ९७४१८०३२७८ उपलब्ध गराइएको छ। सूचना प्राप्त गर्न [email protected] मा इमेल समेत गर्न सकिने व्यवस्था छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स