सिन्धु विकास बैंकद्वारा आ.व. २०८३/८४ का लागि सूची दर्ता आह्वान

Jun 3, 2026

सिन्धु विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को लागि आवश्यक वस्तु तथा सेवा आपूर्ति प्रयोजनार्थ इच्छुक दर्ता भएका फर्म वा कम्पनीहरूबाट सूची दर्ताका लागि आवेदन आह्वान गरेको छ। इच्छुक आवेदकले बैंकको कुमारी बैंकमा रहेको खातामा १,००० रुपैयाँ आवेदन शुल्क बुझाई कर्पोरेट कार्यालय बनेपाबाट फारम प्राप्त गर्न सक्नेछन्।

यस प्रक्रियामा सहभागी हुन फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर वा भ्याट दर्ता र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र जस्ता कागजात पेश गर्नुपर्नेछ। आवेदन फारम बुझाउने अन्तिम मिति २०८३ साल असार ३ गते कार्यालय समयभित्र तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स