नेपाल धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानी गर्न प्रस्ताव आह्वान

नेपाल धितोपत्र बोर्डले आफ्नो अक्षय कोष तथा लगानी योग्य रकम मुद्धती खातामा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। बोर्डले “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७” को अधीनमा रही १ वर्षे मुद्धती खातामा लगानी गर्न लागेको सूचनामा उल्लेख छ।

यस योजनामा लगानी गर्न इच्छुक ‘क’ वर्गका वाणिज्य बैंक, राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंक र राष्ट्रिय स्तरका ‘ग’ वर्गका वित्तीय संस्थाहरूले आफूले प्रदान गर्न सक्ने ब्याजदर खुलाएर प्रस्ताव पेश गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले पाँच कार्य दिनभित्र अर्थात् मिति २०८३/०३/२६ गते कार्यालय समयभन्दा एक घण्टा अगाडिसम्म आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने म्याद तोकिएको छ। प्राप्त भएका सिलबन्दी प्रस्तावहरू सोही दिनको अपराह्न ५:०५ बजे बोर्डको कार्यालय खुमलटार, ललितपुरमा खोलिने बोर्डले जनाएको छ।

लगानी सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्डमा निहित रहनेछ। यस सम्बन्धी थप विस्तृत विवरण, नीति र सिलबन्दी फाराम बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स