सालपा विकास बैंकलाई दिक्तेलमा जग्गा चाहियो, साउन १६ भित्र बोलपत्र पेश गर्न सूचना

सालपा विकास बैंक लिमिटेडले आफ्नो कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्न उपयुक्त जग्गा खरिद गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ। बैंकले महत्वपूर्ण अभिलेख भण्डारण व्यवस्था, ब्याकअप कार्यालय (Backup Office) तथा पर्याप्त सवारी पार्किङ सुविधासहितको भवन निर्माण गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत रत्नपार्क शून्य विन्दु (Zero Point) देखि १.५ किलोमिटर भित्रको आसपासको क्षेत्रमा जग्गा खरिद गर्न लागेको हो। जग्गा बिक्री गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात २०८३ साउन १६ गते कार्यालय समयभित्र बोलपत्र प्रस्ताव पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

बैंकका अनुसार प्रस्तावित जग्गाको क्षेत्रफल कम्तिमा ४ रोपनीदेखि ६ रोपनीसम्मको हुनुपर्नेछ। जग्गामा चार पांग्रे सवारी साधन सहज रूपमा आवत-जावत गर्न मिल्ने न्यूनतम ८ फिटको बाटो, विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट जस्ता आधारभूत सुविधाहरू हुनुका साथै नेपाल सरकारले भूमि सम्बन्धी तोकेका सम्पूर्ण मापदण्डहरू पूरा भएको हुनुपर्ने शर्त राखिएको छ। प्रस्तावित जग्गा कुनै पनि प्रकारको मुद्दा मामिला, विवाद, झै-झगडा, गुठी वा मोही समस्याबाट मुक्त हुनुपर्नेछ। बोलपत्र फाराम रु. १०० भुक्तानी गरी बैंकको केन्द्रीय कार्यालय दिक्तेल, खोटाङबाट प्राप्त गर्न सकिनेछ।

बोलपत्र पेश गर्दा जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि, नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, संस्था भए दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, र कर चुक्ता प्रमाणपत्र जस्ता आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ। बैंकले जग्गा नामसारी गर्नु पूर्व बुझाउनु पर्ने सम्पूर्ण कर तथा पूँजीगत लाभकर जग्गाधनी स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ। रीतपूर्वक नआएका वा म्याद नाघी आएका बोलपत्र उपर कुनै कारबाही नहुने र बोलपत्र स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहने सूचनामा स्पष्ट पारिएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स