प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सूची दर्ताका लागि प्रस्ताव आह्वान

May 14, 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू उपलब्ध गराउन इच्छुक प्रदायकहरूलाई सूची दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। यस सूचनाअनुसार इच्छुक इजाजतपत्र प्राप्त फर्म तथा कम्पनीहरूले ३० दिनभित्र आवेदन दिनुपर्नेछ।

आपूर्ति गर्नुपर्ने सेवाहरूमा छपाई, स्टेशनरी, सफ्टवेयर विकास, मर्मत सम्भार र सुरक्षा गार्ड लगायतका २१ विधा रहेका छन्। आवेदकहरूले फर्म दर्ता, प्यान वा भ्याट दर्ता र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रसहित कमलादीस्थित केन्द्रीय कार्यालयमा शिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स