ओल्गापुरी सोसल इन्टरप्राइजद्वारा निःशुल्क सीपमूलक तालिमको घोषणा

Jul 2, 2026

ओल्गापुरी सोसल इन्टरप्राइजले नेपाल युथ फाउण्डेशनको सहयोगमा युवाहरूका लागि निःशुल्क आवासीय सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। यस कार्यक्रम अन्तर्गत सहायक प्लम्बर, बिल्डिङ्ग इलेक्ट्रिसियन, सहायक वेल्डर र फर्निचर मेकर विषयमा तालिम प्रदान गरिनेछ।

कक्षा ५ उत्तीर्ण गरेका १८ देखि ३५ वर्ष उमेर समूहका बेरोजगार तथा विपन्न युवाहरूले साउन १ गते (जुलाई १७, २०२६) सम्म आवेदन दिन सक्नेछन्। तालिम साउन ४ गतेदेखि ललितपुरको चुनीखेलस्थित ओल्गापुरी भोकेशनल स्कुलमा सुरु हुनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स