एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नेटवर्क तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित र प्रभावकारी बनाउन कोर फायरवाल प्रतिस्थापन कार्य गर्ने भएको छ। यस प्राविधिक सुधारका कारण आगामी २०८३ साल जेष्ठ १५ गते शुक्रबार राति १२:१५ बजेदेखि बिहान ३:१५ बजेसम्म बैंकका विभिन्न सेवाहरू प्रभावित हुने बैंकले जनाएको छ।
उक्त तीन घण्टाको अवधिमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटीएम, पीओएस मेसिन, क्यूआर पेमेन्ट र कनेक्ट आईपीएस लगायतका डिजिटल बैंकिङ्ग सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन सक्नेछन्। बैंकले आफ्ना ग्राहकहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
