नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ ‘सव्सक्रिप्शन-बेस्ड’ प्याकेजहरू ल्याएको छ। यो व्यवस्था अनुसार ग्राहकले एकपटक सेवा सक्रिय गरेपछि पर्याप्त ब्यालेन्स भएमा हरेक महिना प्याकेज आफैँ नवीकरण हुनेछ। टेलिकमले ३० दिन समयावधिका लागि २९९, ४९९ र ७९९ रुपैयाँका तीनवटा विकल्प सार्वजनिक गरेको छ। २९९ रुपैयाँको प्याकमा ३०० मिनेट कल र ६ जीबी डाटा प्राप्त हुनेछ भने ४९९ मा ५०० मिनेट कल र १२ जीबी डाटा उपलब्ध छ।
७९९ रुपैयाँको प्याकमा असीमित कल र मासिक ३०० जीबी डाटाको सुविधा छ। आवश्यकता अनुसार ग्राहकले ३० देखि ९९ रुपैयाँसम्मका एड-अन डाटा प्याकेजहरू पनि लिन सक्नेछन्। सेवाग्राहीले *१४१५# डायल गरी यो सुविधा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ।
थप सुचनामा:
Discover more from BAJARKO CHIRFAR
Subscribe to get the latest posts sent to your email.

Scroll/Buttons to Zoom • Drag to Slide
