नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न जिन्सी सामान तथा सेवा आपूर्तिकर्ताहरूको मौजुदा सूची (Standing List) तयार गर्ने भएको छ। यसका लागि इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा आवेदन दिनुपर्नेछ।
आवेदकहरूले स्टेसनरी, फर्निचर, मर्मत सम्भार, परामर्श सेवा जस्ता विभिन्न २० वटा खरिद तथा आपूर्ति र ११ वटा मर्मत सम्भारका क्षेत्रहरूमा सूचीकृत हुन सक्नेछन्। आवेदन फारम बैंकको वेबसाइट वा कार्यालयको आन्तरिक प्रशासन फाँटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
